मुख्य समाचारको माथि

अहमदिया संघद्धारा काठमाडौमा निशुल्क स्वाीस्थ्य शिविर

समाचार

काठमाडौं २६ कात्तिक । अहमदिया संघ नेपालको आयोजनामा एक दिने निशुल्क होमियोप्याथिक स्बास्थ्य सिबिर सम्पन्न भएको छ । शिवपुरी उच्च मा। बि काठमाडौमा आयोजित उक्त स्बास्थ्य शिबिरमा शिक्षक , बिधार्थी र अभिभाबकहरुको उल्लेखिय रुपमा उपस्थिति रहेको थियो ।
शिबिरमा होमियोप्यथिक औषधी समेत निशुल्क रुपमा बितरण गरिएको थियो । भारतबाट आएका होमियोप्याथिक चिकित्सकहरुको समुहले बिरामीको जाच गरेका थिए । तीन सय भन्दा बढिले सो शिबिरबाट फाईदा लिएको आयोजक संस्थाले जनाएको छ ।


अहमदिया संध नेपालले काठमाडौ लगाएतका जिल्लाहरुमा प्रत्येक बर्ष यस्ता किसिमका शिबिरहरु गर्दै आएको छ । संस्थाले शिक्षा , स्बास्थ्य प्राकृतिक बिपती लगायत मानबता प्रर्बर्दनका क्षेत्रमा कार्य गर्दै आएको छ । यश संस्थाको केन्द्रीय कार्यलय पन्जाब, भरतमा रहेको छ भने नेपाल लगायत बिश्बका धेरै देशहरुमा कार्यालय रहेको छ ।

NEWS DOWN