मुख्य समाचारको माथि

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मुख्य खबर समाचार

सल्याण २८ कात्र्तिक । सल्यानमा बिहिबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापा रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी धकेन्द्र खतिवडाले जानकारी दिए।

घाइतेको दाङ स्थित तुलसीपुर अस्पतालमा उपचार भइरहेको छ । त्रिवेणी गाउँपालिका(४ फलावाङस्थित बडागाउँमा रा १ ज ४३२ नम्बरको जीप दुर्घटना भएको हो ।

NEWS DOWN