राष्ट्रपति र प्रधानमन्त्रीको फोटो विगारेर फेसबुकमा सेयर गर्ने पक्राउ

मुख्य खबर समाचार

काठमाडौं १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर फेसबुकमा हाल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कैलालीको मसुरिया(६ बस्ने २३ वर्षीय आशीष सिंहलाई बिहीबार पक्राउ गरी हिरासतमा लिएको हो।
उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फोटोसपको माध्यमबाट तोडमोड गरी बिगारेर फेसबुकमा हालेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डिएसपी टंकप्रसाद भट्टराईका अनुसार उनले प्रारम्भिक बयानका क्रममा अरुले नै बनाएको फोटो आफुले फेसबुकमा हालेको बयान दिएका छन्। उनले प्रधानमन्त्री र राष्ट्रपतिले जिन्सको पाइन्ट लगाएर एक अर्कालाई आलिङ्गन गरेको फोटो फेसबुकमा हालेको खुलेको छ।
प्रधानमन्त्रीले जिन्सको पाइन्टोको गोजीमा हात हालेको र राष्ट्रपतिले भेस्ट र जिन्सको पाइन्ट लगाएर खुट्टो उचालेको फोटो फेसबुक हालेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •