Advertisement

स्वरुपराज आचार्यको हर विश्वासहरुमा विवश माझी, सन्जु गुरुङको डेब्यु (भिडियो सहित)

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ १२ मंसिर । गायक सत्य तथा स्वरुपराज आचर्यको आधुनिक गीत ‘मेरा हर विश्वासहरुमा’ को भिडियो सार्वजनिक भएको छ । सुवर्ण थापाको शब्द र रमेश खडकाको संगीत रहेको गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् । योगेन्द्र एस तामाङ् दोङ्गको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल मिस हिमालय २०१८ की बिजेता सन्जु गुरुङ्को अभिनय रहेको छ । सन्जुको साथमा माझी समुदायका अभिनेता बिबश माझीलाई फिचरिङ गरिएको छ ।

सन्जु गुरुङले यसै गीतमा म्युजिक भिडियोमा डेब्यु गरेकी हुन भने नायक बिबश माझीकोे यो ७ औ म्युजिक भिडियो हो ।
हेर्नुहोस भिडियो