मुख्य समाचारको माथि

‘बैंक अफ दि इयर’को उपाधि मेगा बैँकलाई

Highlight अर्थ अर्थतन्रा मुख्य खबर

काठमाडौं १४ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०१९ को ‘बैंक अफ दि इयर, नेपाल’बाट मेगा बैंकलाई सम्मान गरेको हो।
लण्डनमा बिहीबार आयोजित समारोहमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरेका हुन्। ‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।

NEWS DOWN