सल्यान कुमाख गाउँपालिका ५ को वडाध्यक्षमा नेकपाका धर्मे बुढाथोकी विजयी

Highlight मुख्य खबर राजनीति

सल्यान १४ मंसिर । सल्यान कुमाख गाउँपालिका ५ मा पनि मतगणना सकिएको छ। गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढाथोकी निर्वाचित भएका छन्। नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरेका छन्।
१ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको छ। वडाअध्यक्षको उपचुनावमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो। सरस्वती माध्यमिक विद्यालय झारकाँडा (क) केन्द्रबाट महिला ३ सय १२ र पुरुष २सय ८१ मतदान खसेको थियो भने (ख) केन्द्रबाट २सय ८८ महिला र २सय ४३ पुरुष मत खसेको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •