मुख्य समाचारको माथि

बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी अस्पतालको आइसियुबाटै पक्राउ

Highlight मुख्य खबर समाचार

इटहरी, १६ मंसिर । बिराट नर्सिङ होम बिराटनगरको आइसीयूमा उपचार गरिरहेका सिद्दबाबा भनिने कृष्णराज गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन्। गिरीलाई प्रहरीले सोमबार विहान ५ बजे अस्पतालबाटै पक्राउ गरेको जिल्ला प्रर्हालय सुनसरीले जनाएको छ।
गत बुधबार गिरीविरुद्ध मुद्धा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट प्रहरीले अनुमति पाएको थियो। मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो । त्यो कुरा थाहा पाए लगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।

NEWS DOWN