मुख्य समाचारको माथि

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

Highlight अर्थ अर्थतन्रा

काठमाडौ १६ मंसिर । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले हस्ताक्षर गरेका हुन ।
यो सम्झौता भएपछि अब युनाईटेड इन्स्योरेन्सका ग्राहकले आफनो प्रिमियम रकम एनआईसी एशिया बैंक मार्पmत भुक्तानी गर्न सक्ने छन । इन्सुरेन्सका ग्राहकले बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन । ग्राहकहलाई छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सहज होस भन्ने  विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैँकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

NEWS DOWN