मुख्य समाचारको माथि

कुलपुजाको लागि बागलुङ हिँडेको टोली जीप दुर्घटनामा पर्दा १४ जनाको घटनास्थलमै मृत्यु (नामावली सहित)

मुख्य खबर समाचार

बागलुङ १७ मंसिर । गुल्मीबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र प्रसाद भट्टराइ अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको हो ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने १४ मध्ये १० जनाको सनाखत भएको छ। सनाखत भएका मृतकमा गुल्मी इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, सोही ठाउँका दोवाटा का ४० वर्षिया बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगाका माया थापा रहेका छन्।
यस्तै गुल्मी इश्मा ४ का वर्ष ४० की सिता कार्की, इश्मा ४ कै ६५ वर्षिय झवि कार्की, वर्ष ४५ कि भुमि कार्की, २५ वर्षकी मिना वस्नेत, ६५ वर्षका धन बहादुर कार्कीको पहिचान खुलेको छ । नवलपरासी वर्दघाट २ की ६० वर्षिया भुमा कार्कि, बागलुङ बडिगाड ७ का ५५ वर्षकीे नरमाया खत्रि रहेका छन् ।
बाँकी ४ जनाको पहिचान खुल्न बाँकी छ । घाईतेहरुको बुर्तिबाङस्थित स्वाथ्य चौकीमा उपचार भइरहेको छ । अवस्था गम्भिर घाइतेलाई अन्यत्रै पठाइएको प्रहरीले जनाएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोलामा देवाली पूजाका लागि यात्रु बोकेर छुटेको जीप घोपर्नामा भीरबाट खसेको हो ।

NEWS DOWN