Advertisement

उपत्यकाको तापक्रम न्युन, शुक्रबार यो बर्षकै सबैभन्दा चिसो दिन

Highlight मुख्य खबर समाचार

काठमाडौं २० मंसिर । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ। हिजो बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ। अहिले देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली रहेको मौसमविद मीनकुमार आर्यालले जानकारी दिए।

अर्यालका अनुसार बाँकी भुभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भभागमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ।