मुख्य समाचारको माथि

नवलपरासीको रानीनगरमा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा संचालन

Highlight अर्थ अर्थतन्रा मुख्य खबर

काठमाडौ २० मंसिर । एनआईसी एशिया बैंकले नवलपरासीमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैँकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आपm्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैँकले गाउगाउमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि मंसीर १९ गतेबाट उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैँकले जनाएको छ ।
बैंकिङ्ग सेवाको उद््घाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीले संयुक्त रुपमा गरेका हुन । बैँकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने छन । सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकले ३१० शाखा, ३९९ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

NEWS DOWN