Advertisement

काठमाडौका यी रुटमा भोलि गाडी चलाउन नपाइने

Highlight मुख्य खबर समाचार

काठमाडौ २० मंसिर । काठमाडौँका विभिन्न रुटहरुमा भोली शनिबार गाडी चलाउन नपाइने भएको छ । १३औँ सागमा म्याराथन शनिबार बिहान सात बजेदेखि सुरु हुने भएको र उक्त म्याराथनलाई मध्यनजर गर्दै म्यारथन हुने रुटमा अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। ।
म्यारथन दशरथ रंगशालाबाट सुरु हुने र टेकु हुदै कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुरको सूर्यविनायकसम्म पुग्‍ने ट्राफिक महाशाखाले जनाएको छ। यस्तै ,पुन उक्त रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली,वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका,नागपोखरी, जय नेपाल, संग्रालयको दक्षिणी गेट, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म हुने महाशाखाले जनाएको छ।