Advertisement

आकर्षक जागिरको लोभ देखाइ चोकचोकमा बसेर सर्वसाधरण ठग्दै, प्रशासन वेखबर

मुख्य खबर समाचार

काठमाडौं २४ मंसिर । जागिरका नाममा सर्वसाधरण ब्यक्ति ठगिदै आएका छन् । बाटोमा जागिरको कोटा खालि छ भन्दै आकर्षक तलव सहित पर्चा पम्प्लेटिङ नै बाढेर सर्वसाधरण ठगीइरहदा नियमनकारी निकाय भने मौन छ । नेपालमा देखिएको बेरोजगारी समस्याका फाइदा उठाउदै जागिर दिने भन्दै विभिन्न जव प्लेसमेन्ट तथा संस्थाहरु खोलि सर्वसाधरण ठग्ने काम राजधानीमा बढदै गएको छ । विभिन्न चोकमा कर्मचारीको आवश्यकता भन्दै आकर्षक तलब लेखिएका पर्चा पम्प्लेट बाडने अनि जागिर लोभमा कार्यलायमा पुगेपछि आफुहरु ठगिने गरेका पीडितहरुको भनाइ छ ।
काठमाडौँको नयाबस्तीमा बस्दै आएकी आरती तामाङ (नाम परिवर्तन) कामको खोजीमा भौतारिइरहेकी थिइन्। कामको खोजीमा भातिरिएकी आरती चावहिल चोकमा पप्म्प्लेट बाडी रहेकी एक महिलाले दिएको पम्प्लेट उनको हातमा पर्यो । पम्प्लेटमा आकर्षक तलब सुविधा सहित विभिन्न पदहरुमा कर्मचारी चाहियो भनी लेखिएको थियो । चोकचोकमा बाँडिएका यस्ता पेपरमा १० हजारदेखि २० हजारसम्म तलब पाइने लेखिएको थियो। पेपरमा १०० प्रतिशत जब ग्यारेन्टीसमेत लेखिएको देखेर उनी झन् खुसीले गदगद भइन्।
६०० को फर्म भरायो काम दिएन उक्त पेपर पाएपछि उनी चावहिल चुच्चेपाटीमा रहेको ग्लोबल जब सेन्टरमा पुगिन्। त्यही संस्थाको पेपर उनले पाएको थियो। त्यहाँ पुगेपछि अफिसको कर्मचारीले फर्म भर्न लगाए। पहिला कामको बारेमा राम्रोसँग बुझेर मात्रै भर्न खोज्दा अफिसका कर्मचारीले पहिला फर्म भरेर मात्रै बुझाउँछौ भनेपछि उनले ६०० रूपैयाँ तिरेर फर्म भरिन्। ‘फर्म भरिसकेपछि रिसिप्सनमा काम गर्न म राजी भएँ,’ उनले भनिन, ‘भोलिबाटै काम हुन्छ भनेर झुक्याए भोलिपल्ट जाँदा आज काम नमिल्ने भयो पछि फोन गर्छौं भन्दै फर्काए। पछि फोनै गरेनन् अनि पो थाहा ठगिएको थाहा पाएँ।’ अफिसले फोन नगरेपछि आफू ठगिएको चाल पाएर उनी फर्मको पैसा फिर्ता माग्‍न गइन् तर, अफिसले दिएन। तामाङले भनिन्,‘जब पेपरमा रिसिप्सन गर्नेको महिनाको तलबी १० हजार लेखिएको थियो। अफिसमा गएपछि दुई महिनासम्म दुई हजार तलब कट्टा गरी ८ हजार पाउने सहमति गरायो तै पनि काम दिएन। तालिम भन्दै ४ हजार ठग्‍यो त्यस्तैगरी, प्रमिला मगर (नाम परिवर्तन) केही महिना अगाडि चुच्चेपाटी केएल टावर नजिकै एक जव सेन्टरमा जागिर खोज्न पुगिन । घरैमा बसेर मासिक २० हजार देखि ५० हजारसम्म कमाउन सकिने भन्दै उनलाई काउन्सिलिङ गराइयो । त्यसका लागि अगरबत्ती बनाउने तालिम गर्नु पर्ने तालिमको लागि ४ हजार बुझाउनु पर्ने बताइयो । तालिम पश्चात बनाइएका अगरबत्ती त्यही अफिसले किनिदिने भनेपनि तलिम पछि अगरबत्ती किन्न नमिल्ने बताए अनि बल्ल आफु ठगिएको उनले थाहा पाइन । तालिम पश्चात रोजगार ग्यारेन्टी भनेपनि तालिम सकेपछि नत अगरत्ती निकिदियो । उल्टै फोन नउठाउने समेत गर्ने गरेको प्रमिला बताउछिन । त्यसैरी विनिता लामा (नाम परिवर्तन) ले एक वर्षपहिले आफू पनि चावहिलको गोपीकृष्ण हलनजिकै रहेको एक संस्थामा जब पेपरमार्फत जागिर खोज्ने क्रममा फसेको बताइन्। ‘जब पेपर पाएपछि मैले काम पाउने आशाले त्यहाँ गई सबै कागजपत्र बुझाएँ,’ उनले भनिन्, ‘विभिन्न तालिम गर्ने, फर्म भर्नेमा चार हजार पैसा तिरेँ। तर, काम नपाएकोले पैसा मात्रै खेर गयो।’ उनका अनुसार संस्थामा गइसकेपछि फर्म भरेर तालिम गर्न लगाउँछन्। तालिमको लागि उनीहरूले छुट्टै पैसा लिन्छन्। सबै तालिम सकेपछि काम गर्ने बेलामा पछि फोन गर्छौं भन्‍दै बिदा गर्ने गरेको उनले दुखेसो सुनाइन्। आफूजस्तै काम खोज्दै हिँड्ने आम सर्वसाधारणहरूलाई कामबारे पहिल्‍यै बुझेर मात्रै त्यस्ता संस्थामा जान उनको सुझाब छ।
जागिर दिनका लागि फारमबाटे ठग्न सुरु हुन्छ । एउटा अफिसमा दैनिक १० र १५ जनाले शुल्क सहित फारम भर्ने गरेको पाइन्छ तर उनीहरुले काम भने पाउदैनन । केही कम्पनीहरु यस्ता पनि छन । जुन कम्पनीहरुमा दिन कै नयाँ नयाँ मान्छे जव खोज्दै आउछन । उनीहरुलाई विभिन्न तालिम भन्दै पैसा असुल्ने अनि प्रोडक्ट बेच्न मार्केटमा पठाइन्छ । महिना मरेपछि तार्गेट मिट नगरेको भन्दै पैसा दिइदैन । पैसाको कुरा गर्यो भने जागिर छोडनु भनेर धम्की दिनेको एक कर्मचारीले बताइन । उनका अनुसार फारम भरेसंगै आफनो ओर्जिनल सर्टिफिकेट राख्नु पर्छ बीचमा जव गर्दिन भन्दा आफनो डकुमेन्ट दिन समेत आनाकानी गर्दे हेड अफिसमा छ भन्दै टार्ने बहाना गरेर विभिन्न यातना समेत दिने गरेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताइन ।
जोरपाटी नारायणटारकी मिठु माझी (नाम परिवर्तन) जागिरका नाममा आफु ठगिएको बताउछिन । चावहिल चोकमा कर्मचारी आवश्यकता पनि लेखिएको पत्र हातमा परेपछि जागिर पाइने आशामा मख्ख पर्दै कार्यालयमा गए फारम भरिन घरायसी खर्च टार्न धौधौ भएका बेला जागिर पाइएपछि उनी हर्षले गदगद थिइन । आफना श्रीमानलाई जागिर पाएको खुसी सरप्राइज दिने उनको चाहना थियो । पैसा कमाएर श्रीमानलाई घर खर्चमा सहयोग गर्ने सपना देखेकी मिठुले काम सुरु त गरिन प्रोडक्ट बेच्नु पर्ने भने जस्तो नभएपछि आफिसबाट तलब बुझने बेलामा काम भएन तार्गेट पुरा भएन भन्दै तलब दिएन । अनि काम नै छोडने मनसायमा पुगिन आखिर घरबाट काम गर्न भन्दै महिनादिनसम्म गएपनि तलब बुझने बेलामा हातमा लाग्यो शुन्य भएपछि बल्ल आफुमाथि श्रम शोषण गरिएको थाहा पाइन अनि काम छोडेको बताउछिन । काम छोडेपछि पनि आफनो डकुमेन्टहरु लिन विभिन्न यातना भोग्नु परेको पीडा उनले सुनाइन । मिठु, प्रमिला, विनिता त यी नमुना मात्र हुन । दैनिक रुपमा धैरै मिठु प्रमिला, विनिता ठगिएका छन ।
यसरी खुलमखुल्ला आमसर्वसाधरण ठगीइरहेपनि प्रशासनको ध्यान भने जान सकेको छैन । आफु ठगिए भनेर कसैले पनि उजुरी गर्ने गरेको छैन । यदी उजुरी आए कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी बताउछन । बोगटी भन्छन ‘जब पर्चाबाट ठगिनेहरूले हामीकहाँ उजुरी गर्ने गरेका छैनन्,’उनले भने,‘शुक्रबार एक जनाले निवेदन गरेको थियो। हामीले त्यो संस्थालाई ठगी गरेको आरोपमा कारबाही गरिसकेका छौँ।’ तर यता चोकचोकमा पर्चा पप्लेट भने रोकिएको छैन । चावहिल चोक, बौद्ध, पुतलीसडक, बागबजार, नयाँ बानेश्‍वर, कोटेश्वरलगायत ठाउँमा विभिन्‍न संस्थाले पठाएको भन्दै पर्चा बाँडिरहेको भेटिन्छ।यसरी पर्चा बाडनेलाई ८ देखि १० हजार सम्म तलब दिएर बाडन लगाएका पाइन्छ । जति धेरै पर्चा बाडयो उत्तिनै बाडनेलाई फाइदा हुने रहेछ । त्यही भएर ठाउठाउमा पर्चा बाडने मान्छे राखिएको हुन्छ । तर कार्यालयको बोड भने राखिएको हुदैन । राखि हालेपनि सानो नदेखिने गरी राखिन्छ । कतिले बोर्ड राख्नु त परै जावस महिना महिनामा अफिस सर्ने समेत गरेको पाइएको छ ।
के छ कानुनमा ?
मुलुकी अपराध संहिता, २०७४ को उपदफा (१) मा कसैले ठगी गर्न वा गराउन नहुने उल्लेख छ। उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सोबमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिएमा निजले ठगी गरेको मानिने उल्लेख छ। अपराधसंहिता उपदफा ३ को (क) मा भनिएको छ, ‘भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, (ख) मा आफनो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना, (ग) खण्ड (क) वा (ख) मा लेखिए देखिबाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’ त्यस्तैगरी बालबालिका, ठेगानमा नरहेको व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद सजाय हुने उल्लेख छ।