Advertisement

मिस्टर एण्ड मिस टिन शेर्पा २०२० का लागि पहिलो अडिसन सम्पन्न, ३५ जना प्रतियोगी सहभागी

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ २९ मंसिर । गौतम बुद्ध फिल्मस् प्रालिको आयोजनामा हुन गइरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को दोश्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा ३५ जना प्रतियोगी सहभागी भएका छन । राजधानीमा भएको अडिसनमा मिस टिन वल्र्र्ड २०१२ की बिजेता सुप्रिया मास्के, मिस टिन २०१९ की विजेता मिङमार ल्हमु शेर्पा , फेशोनओग्रफर अस्विनी झा , मेकअप आर्टिस्ट दिकी शेर्पा निर्णयक मण्डलमा रहेका थिए । पहिलो अडिसनमा प्रतियोगीहरुको पर्सनालिटी लगायतका विषयमा हेरिएको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि मंसिर १५ गते देखि २८ गते सम्म आवेदन खुल्ला गरिएको भएपनि विभिन्न जिल्लाबाट प्रतियोगी आउनेक्रम जारी रहेको कारण आगामी शनिबारसम्म फारम भर्न सकिने गौतम बुद्ध फिल्मस्की अध्यक्ष छिरिङ शेर्पाले अखवार अनलाइनलाई बताइन प्रतियोगिताको पहिलो चरणमा आवेदकहरूलाई खुबी प्रस्तुत गर्न लगाउने र त्यसपछिका चरणमा प्रतिभा निखार्न प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ माघ १ गते बुधबार काठमाडौँको प्रज्ञा भवनमा हुने छ । प्रतियोगितामा सहभागी हुन शेर्पा समुदायको हुनुपर्ने छ । उमेरको हकमा १३ बर्षदेखि २० बर्षसम्म रहेको छ । उचाइको हकमा कुनै बार लगाइएको छैन । प्रतियोगीले अविवाहित हुनुपर्नेछ । प्रतियोगीलाई व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक महिनाको प्रशिक्षण गराँइने छ ।