Advertisement

६ हजार घुसलिदालिदै प्रहरीका इन्स्पेक्टर र सहायक हवल्दार अख्तियारको फन्दामा

Highlight मुख्य खबर

बुटवल १० पुस । घरायसी सामग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै घुस लिने रुपन्देहीको विष्णुपुराबाट एक इन्स्पेक्टर र एक सहायक हवल्दार पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख इन्स्पेक्टर तेज बहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरीले ६ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
उनीहरूलाई गैडहवा गाउँपालिका ३ सगरहवाबाट नियन्त्रणमा लिएको उनले बताए। नियन्तरणमा लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुषालले जनाए।