मुख्य समाचारको माथि

आस्था राउतले माफी माग्दै भनिन् ‘प्रहरीले पनि सुध्रनुपर्छ

Highlight मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौं २ माघ । गायिका आस्था राउतले प्रहरीले दुर्व्यवहार गरेको भन्दै आरोप लगाएर सार्वजनिक गरेको भिडियो हटाउँदै प्रहरीको बर्दीप्रति सम्मान भएको बताएकी छिन् ।
बुधवार गायिका राउतले एक भिडियो सार्वजनिक गर्दै महिला प्रहरीले आफूमाथि कडा व्यवहार गरेको भन्दै आपत्ति जनाएकी थिइन् । उनले प्रहरीले बर्दीको सम्मान नगरेको र आम मान्छेलाई गाली गर्ने गरेको बताएकी थिइन् । उनले भिडियोमार्फत प्रहरीलाई लक्षित गर्दै गाली गरेकी थिइन् । उनले प्रहरीलाई गाली गरेपछि आस्थालाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएका थिए ।

आस्थाले विमानस्थलमा महिला प्रहरीको व्यवहारबाट आफूलाई ‘दबंग’ स्टाइलमा रिस उठेको बताएकी थिइन् । यसैबीच आस्थाले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त भिडियो हटाएर एक पोस्ट गर्दै माफी मागेकी छिन् । उनले एक लामो पोस्ट गर्दै लेखेकी छिन्, ‘रिसको झोंकमा लाइभमा आएर अलिक बढी नै बोलेको भए माफी चाहन्छु तर प्रहरीले जुन हालतमा पनि आफ्नो शैली फेर्नुपर्छ ।’

यो पनि पढनुहोस : अस्था राउतमाथि प्रहरीको दूव्र्यवहार, राउतले गरिन प्रहरीलाई तथानाम गाली

उनले हिजो आफू निकै हर्ट भएको पनि बताएकी छिन् । आस्थाले नियमबारे आफू जानकार रहेको र सधै सचेत भएको पनि बताएकी छिन् ।

‘हिजो म कति हर्ट भएँ त्यो म भोग्ने मान्छेलाई मात्र थाहा छ, मलाई मात्र होइन, मलाई भित्र गएपछि अरु दिदीहरुले पनि नानी तिमीलाई जस्तै हप्काइ धप्काइ गरेको थियो त्यो आईमाईले कस्तो व्यहोरा नभएको रहेछ,’ आस्थाले भनेकी छिन्, ‘यस्तै हो प्रहरीहरु छोडिदेऊ मन नदुखाऊ भन्नुभएको थियो ।’

आस्थाले प्रहरीले आफूलाई ज्याकेट खोल्नभन्दा कुनै समस्या नभएको तर प्रहरीले देखाएको व्यवहारले आफूलाई दुःखी तुल्याएको बताएकी छिन् । उनले प्रहरीले कफी तेरो ब्यागमा खन्याइदिन्छु भनेको बताएकी छिन् । उनले प्रहरीले आफ्नो बानी सुधार्नुपर्ने बताएकी छिन् ।

NEWS DOWN