Advertisement

बाघमा पनि देखियो कोरोनाको संक्रमण

Highlight मुख्य खबर समाचार

एजेन्सी २४ चैत्र । मानव शरीरमा देखिएको कोरोना भाइरस जनावरमा पनि भेटिएको छ । अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीालई कोरोना संक्रमणको पुष्टि भएको हो।
लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ। पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्।
ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ।