Advertisement

काठमाडौको कपन एरियामा लकडाउन कडाइ घरबाट बाहिर निस्किए पाँच सय जरिमाना

Highlight मुख्य खबर समाचार

काठमाडौ ५ जेठ । काठमाडौको बुढानीलकण्ठ नगरपालिकाले लकडाउनलाई कडाइ गरेको छ । नगरपलिकाको बडा नं. १२ मा कोरोना भाइरस संक्रमित फेला परेपछि नगरपालिकाले लकडाउनलाई कडाइ गरको हो । नगरपालिकाले वडा न १०, ११, र १२ गरी तीनवटा वडामा लकडाउन कडाइ गरिएको जनाएको छ । सोमबार तीन वटै वडाका वडाध्यक्षहरुले संयुक्त विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनलाई ध्यानमा राख्दै लकडाउन सम्बन्धी थप कडाई गरिएको उल्लेख गरेका छन् ।

नगरपालिको वार्ड नं ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई र १० का वडाध्यक्ष नवराज भट्टराईको संयुक्त हस्ताक्षर सहितको १२ बुँदे विज्ञप्तिमा वार्ड नं १० को मिलनचोक तरकारी बजार, आकाशेधारा ह्याण्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोकदेखि निखिलेश्वर पुलसम्म, रुद्रमति चोक, भण्डारी गार्मेन्ट एरियासम्म भिडभाड गर्न र व्यवसाय गर्न रोक लगाइएको छ । त्यस्तै वार्ड नं १२ को आदर्शनगर गेट, राधाकृष्ण मन्दिर र खरिबोट चोकमा पनि भिडभाड र व्यवसाय गर्न रोक लगाइएको छ ।

खाद्यान्न, पानी, औषधी तथा तरकारी ढुवानी गर्ने गाडीहरुमा अनाधिकृतरुपमा मानिसहरु ओसारपसार गरेको पाइएमा कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । खुल्ला स्थानमा तरकारी पसल वा गाडामा तरकारी विक्रिवितरण पूर्ण रुपमा बन्द गरिएको छ । मासु पसलहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ ।

नगरपालिका प्रवेश गर्ने नाकाहरुलाई व्यवस्थित र कडाई गरी अनावश्यक आवागमन ठप्प गर्ने, बाहिरी जिल्लाहरुबाट आएकाहरुको सूचना लुकाई छिपाई गरेमा त्यस्ता व्यक्ति वा घरधनीलाई कारवाहीगर्ने र यस्ता सूचना दिनेलाई ५ सय रुपैयाँ प्रोत्साहन स्वरुप प्रदा गरिने विज्ञप्तिमा उल्लेख छ ।

विना काम बाहिर हिड्नेलाई कानुन बमोजिक लकडाउन उल्लंघन गरेको ठहर गरी ५ सय रुपैयाँ जरिवाना सहित कारवाही अघि बढाउने भएको छ । नगरपालिकाले तोके बाहेकका र तोकिएको समय बाहेक व्यवसाय सञ्चालन गरे कानुन बमोजिम १ हजार रुपैयाँ जरिवान गर्ने पनि निर्णय गरिएको छ ।

सच्याइएको यस अघिवडा न १० का वडाध्यक्ष नवराज भट्टराई हुनुपर्नेमा त्रुटीबस वडा न १३ भएकोमा  सच्याइएको छ । -सम्पादक