Advertisement

काठमाडौको आलापोटमा २१ जनाको आरडीटी पोजेटिभ, भ्रम नफैलाउन वडाअध्यक्षको आग्रह

Highlight मुख्य खबर समाचार

काठमाडौ ६ जेठ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा २ मा स्वास्थ्य परिक्षण (ल्याव टेष्ट) का क्रममा २१ जनाको आरडीटी पोजेटिभ देखिएको छ । सोमबार गरिएको परिक्षणमा २१ जनामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको कागेश्वरी मनोहरा नगरपालिका वडा २ का वडाध्यक्ष सुदर्शन घिमालले अखबार अनलाइलाई बताउनुभयो । अध्यक्ष धिमालका अनुसार १ सय ७५ जनाको स्वास्थ्य परिक्षण गर्दा १२ जना पुरुष र ९ जना महिला गरी जम्मा २१ जनामा आरडीटी पोजेटिभ देखिएको बताएका हुन ।
आरडीटी पोजेटिभ देखिएका १२ जना पुरुषलाई नगरअस्पताल मुलपानीको क्वारेन्टाइनमा राखिएको छ भने ७ जना महिलालाई आलापोट स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी दुइ जना महिला सेल्फ होम क्वारेन्टाइनमा बसेको वडाध्यक्ष सुदर्शन घिमालले बताउनु भयो । त्यसैगरी ५३ जनाको आरटी पिसिआर परिक्षण गरिएको छ । आरटी पिसिआरको रिपोर्ट मंगलबार बेलुका आउने अध्यक्ष धिमालले बताउनुभयो ।
आरडीटी पोजेटिभ देखिदैमा कोरोना संक्रमण हुदैन । आरटी पिसिआर पोजेटिभ आएको खण्डमामात्र कोरोना संक्रमण देखिने छ । २१ जनामा आरडीटी पोजेटिभ देखिनै वित्तिकै कागेश्वरी मनोहराको मुलपानी क्षेत्रमा त्रास उत्पन्न भएको भन्दै त्रसित नहुन वडाअध्यक्षले आग्रह गर्नुभएको छ । साथै संक्रमणको जोखिमलाई न्युनिकरण गर्न जारी गरिएको लकडाउन पूर्ण कार्यन्वयन गरी घरबाट बाहिर ननिस्कन समेत वडाअध्यक्षले आग्रह गर्नुभएको छ । आरडीटी पोजेटिभ देखिएपनि आरटी पिसिआर नेगेटिभ आएका थुप्रै उदाहरणहरु भएका कारण आरटी पिसिआरको रिपोर्ट नआउन्जेल विभिन्न सामाजिक सञ्चालमा पोष्ट गरेर जनमानसमा त्रास नफैलाइ दिन समेत वडा अध्यक्षले आग्रह गर्नुभएको छ ।