Advertisement

काठमाडौं बागबजारस्थित प्रिन्टिङ प्रेसका कामदारलाई कोरोना संक्रमण, त्यो स्थानलाई सील गर्ने तयारी

मुख्य खबर समाचार

काठमाडौं ६ जेठ । काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोनाभाइरस संक्रमितमध्ये एक जना संक्रमित छापाखानाका कामदार रहेको खुलेको छ।

मंगलबार काठमाडौंमा मात्रै तीन जना संक्रमित थपिएका थिए। जसमध्ये एक जना महानगरपालिका(२८ बागबजारको बुद्ध विहार पछाडि बस्ने खुलेको हो।

उनी होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति रहेको बताइएको छ। ती संक्रमित केही दिनअघि भैरहवाबाट काठमाडौं आएको खुलेको छ।

‘उनी ५(६ दिनअघि भैरहवाबाट आएको भन्ने खुलेको छ,’काठमाडौं महानगर-२८ का वडाध्यक्ष भाइराम खड्गीले भने,’अब त्यो ठाउँ सिल गर्ने तयारी गर्दैछौं।’
‍अहिले उनको अवस्था सामान्य रहेको र आइसोलसनमा राखिएको उनले बताए। फाइल फोटो