Advertisement

राष्ट्रिय बाणिज्य बैंकद्वारा नेचासल्यानलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

अर्थ अर्थतन्रा

सोलुखुम्बु , ७ असार ।राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नेचा सल्यानले नेचासल्यान गाउँपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्री आइतबार पालिका अध्यक्ष डुफ कुमार बास्तोलाइ हस्तान्तरण गरेको हो।

बैंकका शाखा प्रबन्धक शंकर सिंहद्वारा हस्तान्तरित स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क ३ सय थान, सर्जिकल ग्लोब ६ सय थान र स्यानिटाईजर २ हजार एमएल रहेको गाउँपालिकाले जनाएको छ।

समान चुनौतीका रुपमा देखा परेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पनि सबैले हातेमालो गर्नु जरुरी रहेको बताउँदै गाउँपालिका अध्यक्ष बास्तोलाले स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद दिएका थिए।