Advertisement

हरेक समय ‘मेरो छातिमा किन नजर लगाउछौँ ?’

साहित्य

-सन्तोष कार्की ‘मौसुफ’

एउटी महिलाको योनिबाट जन्मिन्छ र उनैको स्तनबाट निस्किएको दूधबाट आफ्नो भोक प्यास मेटाउने पुरुष जवान भएपछि महिलाहरुको यिनै दुई अंगको चाहाना राख्छन् ।

लेखक

यदि असफ़ल भएभने , यसै चाहानाको लागि बीभत्स तरिकाको अन्जाम दिन्छन् । र बलात्कार पछि हत्या गर्दिन्छ्न ।

आमा जननी बर्गसँग यस तरिकाको मानसिकता किन राख्छन् ? फाँसिको सजाय हुनुपर्छ यस्तो दुषित मानसिकता भएकाहरु लाई….

आमाको दुधको ऋण उनै आमाको खुनले चुकाउछन …. कोहि यस तरिकाले आफुलाई पुरुषत्व देखाउछ्न । आमाको दूध पिएर तिमी यसै दुधलाई आगो लगाउछौ । वाह तिमी पुरुषहरु आफुले आफैलाई महान सम्झिन्छौ ।

हरेक समय मेरो छातिमा नजर तिमिहरु लगाउछौँ । यश छातिमा लुकेको ममता किन देखेका छैनौं । एउटी महिलाले जन्माईन पालिन पोषिन तिमिलाई , जवान भएपछि त्यो कुरा किन बिर्सन्छौं….

तिम्रो प्रत्येक एक एक आँसुमा हजार खुशिहरु बलिदान गर्दिन्छु म । किन तिमी मेरो हजार आँसुहरु देख्न सक्दैनौं …. बहसको लागि पुरुष भएर किन नरपिचास बन्छौं ।
किन हामिलाई मर्यादा सिकाउने वाला तिमी आफै आफ्नो मर्यादा बिर्सन्छौ ।

 

‘कैलाली जूहार लम्की सहिद स्मृति माध्यमिक बिद्यालय क्वारेन्टाइनमा बस्दै आएकी ३१ बर्षिया  एक महिलामाथी सामुहिक बलात्कार पछि पीडित दिपा अधिकारिको चीत्कार लेख्ने प्रयास गरेको हुँ…’ -लेखक