Advertisement

‘म’ जान्ने ?

साहित्य

लघुकथा

पढाइ रहेका हेडसरको अगाडि जुरुक्क उठेर एक जना बदमास बिधार्थीले भन्छ – ‘ सर तपाईलाई केही पनि थाहा छैन ! ल भन्नुहोस यहाँको डस्टर कसले च‍ोर्यो ?’  हेडसर अल्लमल्ल पर्छन।’ तपाईंलाई थाहाँ नभएको कुरा मलाई थाहाँ छ।’ बिधार्थीले गौरब गर्दै भन्छ। फेरि हेडसरले सोध्छन ‘ के थाहा छ तलाई ?’ सरको प्रश्नको उतर मिलाउन पाउदा ऊ खुशी हुँदै भन्छ – ‘ डस्टर मैले नै त हो चोरेको।’
– गोपाल ढकाल