Advertisement

विप्लव समूहका ६ जना पक्राउ

मुख्य खबर राजनीति

काठमाडौं १४ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका ६ जना पक्राउ परेका छन् । अभद्र व्यवहार गरेको भन्दै प्रहरीले आइतबार धनगढी उपमहानगरपालिका १२ जुगेडा क्षेत्रबाट उनीहरू पक्राउ गरेको हो । ।

पक्राउ पर्नेमा सो समूहका कैलाली जिल्ला जनसरकार प्रमुख ४८ वर्षीय दलबहादुर विक, २२ वर्षीय लक्की शाह, जिल्ला कमिटी सदस्य ४० वर्षीय डम्बर सुनार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी, धनगढी उपमहानगरपालिका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला सदस्य ३० वर्षीय बवरजंग सिंह रहेका छन ।

प्रहरीका अनुसार अपराधिक क्रियाकलाप, राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजना, विस्फोटक पदार्थ तथा संगठित अपराधमा फरार रहेका दलबहादुर विकको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।