Advertisement

कोरानाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो

Highlight समाचार

काठमाडौं, १५ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । शनिबार राति स्टार हस्पिटल सानेपामा उपचारका क्रममा मृत्यु भएका रौतहटका युवकको सोमबार विहान कोरोना पुष्टि भएको हो ।

२९ वर्षीय पुरुष रौतहट घर भएका हुन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उनको कोरोना पुष्टि गरेको हो । उनको शव व्यवस्थापन कार्य बढाइएको छ ।फाइल तस्वीर