Advertisement

आमा बुबा हाम्रो लागि कार्ड बन्न सक्छन् भने, हामी किन उहाँहरुको लागि आधार कार्ड बन्न नसक्ने ? (दहिको मुल्य)

Highlight साहित्य

 

दहिको मुल्य

-सन्तोष कार्की ‘मौसुफ’

रमेश करिब ४५ बर्षको हुँदा उसको श्रीमतीको स्वर्गवास भयो । छिमेकी आफन्तजन हरुले दोस्रो बिबाह गर्नका लागि सल्लाह दिए । तर उसले यो भनेर इन्कार गरे कि छोराको रुपमा श्रीमतीले दिएको चिनो म सँग छ । यसैसँग पुरै जिन्दगी राम्रोसँग कटाउछु …..

छोरा जब बयस्क भयो, त्यसपछि पुरै ब्यबसाय छोरालाई सुम्पिदिए । स्वयं आफू कहिले आफ्नो त कहिले साथिको अफिसमा बसेर समय कटाउने गर्दथे ।

छोराको बिबाह पश्चात उ धेरै ढुक्क भएर पुरै घर बुहारीलाई हस्तान्तरण गरिदिए ।

छोराको बिबाह भएको लगभग एक बर्ष पछि बिहान १० बजे खाना खानको लागि तरखरमा थिए । छोरा पनि खाना खान अफिसबाट आइपुगेको थियो। र हात मुख धुएर खाना खानको लागि तयारी गर्दै थियो । उसले सुन्यो कि बुबाले खानाको साथ दही पनि माग्नुभयो बुहारिले जवाफ दिइन कि आज घरमा दही छैन । खाना खाएर बुबा गए …..

केही समयपछि छोरा आफ्नो श्रीमती सँग खाना खान बस्यो । खानामा कचौरा भरी दहि पनि थियो । छोराले केही प्रतिक्रिया दिएन र आफू पनि खाना खाएर अफिस गयो।

केही दिन पछि छोराले आफ्नो बुबालाई भन्यो ‘बुबा आज तपाईं अदालत जानुपर्छ , आज तपाईंको बिबाह हुँदै छ । ’

बुबाले अचम्म मान्दै छोरा तिर हेरे र भने ‘छोरा मलाई श्रीमतीको आवश्यक छैन । र म तिमिलाई यति माया गर्छु कि सायद तिमिलाई पनि आमाको आवश्यकता छैन । फ़ेरि दोस्रो बिबाह के को लागि ?’

छोराले भन्यो ‘बुबा , न त म मेरो लागि आमा ल्याउदै छु न तपाईंको लागि श्रीमती , म त केवल तपाईंको लागि दहिको खोजी गर्दै छु ।’

भोलिबाट म कोठा भाडा लिएर तपाईंको बुहारीसँग बस्दै छु र तपाईंको अफिसमा एक कर्मचारी जसरी नै तलभ लिन्छु । ताकी ‘तपाईंको बुहारीलाई दहिको मूल्य थाहा लागोस ।’

आमा बुबा हाम्रो लागि कार्ड बन्न सक्छन् भने, हामी किन आमा बुबाको लागि आधार कार्ड बन्न नसक्ने ।।