Advertisement

कोराना बच्न हामी आफै सचेत हुन जरुरी छ -सन्देश घिमिरे

विचार

हाम्रो देश नेपाल लगायत विश्व नैअहिले कोरोना भाइरस (कोभीड १९) का कारण आक्रान्त छ । नेपालमा पछिल्लो समयमा कोरोना सम्क्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।हाम्रो देश भारत तर्फ खुल्ला सिमा छ ,धेरै जसो, मानिसहरु भारतबाट आएकालाई नै सम्क्रमण देखिएको छ ।
प्रत्येक गाउँहरुमा स्थानीय स्वास्थ्यकर्मीहरुको व्यापक परिचालन गर्दै यो महामारीबारे जनचेतना मुलक अभियान चलाउन जरुरी छ ,गाउँ गाउँमा यो महामारी विरुद्ध कसरी लडाइँ गर्न सकिन्छ ? र यसलाइ परास्त गर्न सकिन्छ भन्ने किसिमको जनचेतना मुलक सन्देश फैलाउन पर्दछ ।
बिदेशबाट स्वदेश फर्कीएकाहरुलाई तिरस्कार होइन सद्भाव पुर्ण व्यवहार गर्दै व्यबस्थिती रुपमा क्वारेन्टाइनमा राख्ने,परिक्षणको दायरा द्रुत गतिमा बढाउदै लैजाने। जसरी नेगेटिभ रिपोर्ट आइ घर फर्केकाहरुलाई फेरि जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ ,यस्तो हुन नदिन भरपर्दो बिधीबाट परिक्षण गर्न तिर सरकार लाग्नुपर्ने देखिएको छ ।
सबैभन्दा महत्त्वपूर्ण जनचेतना र जनताहरुलाई विश्वास र आत्मबल तर्फ प्रोत्साहन गर्नु पर्दछ । हामी आफै सचेत भएमा मात्र यस महामारीलाई हामिले परास्त गर्न सकिन्छ र नियन्त्रण सम्भब छ र यसका निम्ति प्रत्येक जनता एकभइ आ आफ्नो ठाँउबाट यस महामारीलाई परास्त गर्न तिर लाग्नु पर्ने देखिएको छ र सरकारले पनि यस्तो जटिल अबस्थामा खटेर जनताको निम्ति लाग्नुपर्ने देखिएको छ । यस महामारीलाई परास्त गर्न जनचेतनाको लहर जागृत गराउन पर्दछ