Advertisement

नेकपा स्थायी कमिटीको बैठक बस्दै, एमसिसी लगायतका विषयमा छलफल

राजनीति

काठमाडौं १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। गत असार १० गते सुरु भएको बैठकमा विभिन्न समसामयिक विषयहरु छलफलका एजेण्डा छन्।
कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने आजको बैठक सीमा क्षेत्रमा देखिएको समस्या र समाधान बारेको छलफलमा केन्द्रित हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
केही समयअघि नेपालले भारतसँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको छ।