Advertisement

चितवनमा स्कारपियो दुर्घटना हुदा एकै परिवारका दुइ जनाको मृत्यु तीन जना घाइते

मुख्य खबर

काठमाडौ १६ असार । चितवनमा सोमबार साँझ स्कारपियो दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ । काठमाडौबाट हेटौडा जादै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेट चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा
दुर्घटना हुदा स्कारपियोमा सवार दुइ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको छ भने जीपमा सवार अन्य तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने छोरा अनुजको उपचारको क्रममा मृत्यु भएको हो । चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।