Advertisement

काठमाडौंको आकाशमा देखियो सलह

समाचार

काठमाडौं १६ असार । काठमाडौमा पनि सलह देखिएको छ । मंगलबार अपराह्न काठमाडौंको आकाशमा सलहको झुण्ड देखा परेको हो ।

काठमाडौंको लैनचौर क्षेत्रमा आकाशमा सलहको ठूलो झुण्ड देखिएको स्थानीयले बताएका हुन् । यसैगरी काठमाडौंको वनस्थली, नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको स्थानीयले बताएका छन्।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको हो ।

काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।