कोरोनाको महामारीमा ओखलढुंगाका कांग्रेस र नेकपा नेताको एकता

राजनीति

काठमाडौ १८ असार । नेपालका राजनीतिक दलका नेताहरु अर्को पार्टीका नेता भनेपछि कुकुर र विरालोको जस्तो व्यवहार गर्दै आएको पाइन्छ । एउटा पार्टीका नेताले कुनै राम्रो काम गरेपनि त्यसलाई नराम्रो ब्याख्या गरेर आफुले गरेको राम्रो भन्न पछि नपर्ने नेताहरुलाई यतिबेला ओखलढुंगाका दुइ नेताको यो सहकार्यले सन्देश प्रवाह गरिरहेको छ ।

नेकपा ओखलढुंगाका प्रभावशाली नेता नानीबाबु बुढाथोकी र नेपाली कांग्रेस ओखलढुंगाका प्रभावशाली नेता बालकृष्ण दाहालबीचको सामाजिक सहकार्यले यतिबेला राजनीति कर्मीहरुलाई राम्रो सन्देश दिएको छ । यी दुइ नेताको राजनीतिक आस्था विपरित भएपनि कोरोना भाइरसले निम्त्याएको महामारीलाई कुनै दलीय एजेण्डा नबनाई हातेमालो गर्दै निरन्तर ओखलढुंगे जनताको सेवामा लागि रहेका छन ।

दलीय भागभण्डा भन्दा पनि सहकार्यमा अगाडी बढन सके जिल्लाको विकास गर्न सकिने दुइ नेताको सहकार्यबाट सन्देश मिलेको छ । यी दुइ नेताहरु यतिबेला हातमा हात साथमासाथ मिलाउदै जिल्लाका स्वास्थ्य सस्थाहरुका स्वास्थ्य सामाग्री पुराउने काममा तल्लिन छन भने जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कलम कापी तथा ब्याग वितरण कार्यमा संगसंगै हिडिरहेका छन ।

कोरोना भाइरस संक्रमण पैmलिएसंगै काठमाडौबाट जिल्लाको लागी स्वास्थ्य सामाग्री पठाउने र आपैm जिल्लामा पुगेर वितरण गर्ने सम्म कार्य यी दुइ नेताको सहकार्या गरिरहेका छन । राजनीतिक आस्थालाई भन्दा पनि जिल्लाका स्थानीय जनताको समस्यालाई मध्येनजर गर्दै लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाको स्थापना गरी यी दुइ नेताहरु यसरी सामाजिक काममा जुटिरहेका छन ।

यिनीहरुको राजनीतिक ब्याकराउण्ड ठिक विपरित रहेको छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा ओखलढुंगा क्षेत्र न १ बाट नेपाली कांग्रेसका तर्पmबाट बालकृष्ण दाहाल उम्मेदवार बन्दै गर्दा क्षेत्र न २ बाट तत्कालीन नेकपा एमालेको तर्पmबाट नानीबाबु बुढाथोकी उम्मेदवार बनेका थिए । अपसोच चुनावी परिणाम भने दुवैको हातमा पर्न सकेन त्यसबेला जिल्लाका दुइवटै क्षेत्र माओवादीले जितेको थियो । यसरी प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिएका नेता आज एकै ठाउमा समाजिक काममा जुटिरहदा यसले राम्रो सन्देश दिएको छ ।