यस्तो भ्यागुता, जसले विषालु सर्पलाई एक मिनेटमै सर्लक्कै निल्छ !

रोचक खबर

 

हामि सर्प देख्ने बित्तिकै तर्सिने गर्छौ । तर भ्यागुतो देखेमा भने कुनै मतलब नै गर्दैनौ । भ्यागुतो भन्दा सर्पलाई नै हामिले खतरनाक मान्छौ ।

तपाईले सर्पले भ्यागुता निलेको देख्नु भएको छ होला रु तर के भ्यागुताले सर्प निलेको देख्नु भएको छ रु यस्तो भ्यागुता पनि हुन्छ, जसले सर्प निल्ने गर्छ । अष्ट्रेलियामा पाइने एक भ्यागुताले सबैभन्दा विषालु सर्पलाई पनि एकैपटक निल्ने गर्छ ।

भ्यागुताले सर्पलाई एक मिनेटमै निलेको घटनालाई एक महिलाले मोबाइलमा कैद गरेकी छिन् । उनले आफ्नो घरको पछाडी गार्डेनमा कोस्टल ताइपन नामको विषालु सर्पलाई भ्यागुतोले निलेको बताएकी छिन् ।

महिलाले सर्प र भ्यागुतोलाई छुटाउन धेरै प्रयास गरेको पनि बताएकी छिन् । चर केही समयपछि सर्पको विष सहन नसकेर भ्यागुतोले ओकल्दिएको उनले बताएकी छिन् । एजेन्सी