पार्टी भित्र एक्ल्याउन खोजेपछि ओर्लिए जनता प्रम ओलिको पक्षमा

राजनीति

काठमाडौं, २४ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला नेतृत्व तहमा नेताहरुबीचको सम्बन्ध चिसो बन्दै गएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध चिसिदै गएको छ । जसका कारण गुट उपगुट भइ ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा माग गरिएको अवस्था छ ।
प्रतिपक्षको व्यवहार सत्तापक्ष भित्रै देखिएपछि यतिबेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई रमिता भएको छ । भने यो मौकामा चौका हान्ने गतिलो काइदा पनि बनेको छ । नेकपा भित्र यतिबेला दुइ समूहको गुटबन्दीले पाटी ओलीलाई एक्लाउने मात्र नभएर पार्टी नै फुटाउने सम्मका गेमहरु भइरहेका छन । माधव कुमार नेपाल, बामदेव गौतम लगायतका शिर्ष नेताहरु ओलीको राजिनामा माग गरिरहेका छन ।
एक ढिक्का भएका कम्युनिष्टहरु यतिबेला एक अर्काका रुष्ट देखिएका छन् । नेतृत्व बर्गमा देखिएको विवाद समाधान गर्न कार्यकर्ताहरु सडकमा उत्रन थालेका छन । ओलीको समर्थन गर्दै कार्यकर्ताहरु सडकमा उत्रिदै ओलीको पक्षमा नाराबाजी लगाइरहेका छन । यसले पनि ओलीलाई केही राहत मिलेको छ । ताकी आफनो पक्ष र समर्थनमा सडकमा देख्न पाउदा । प्रधानमन्त्री ओलीलाई असक्षम प्रधानमन्त्रीको विल्ला भिराएर राजिनामा दिन बाध्य गराइरहेका बेला ओलीको समर्थनमा सडकमा जनमानस उत्रन थालेको छ ।
यस ओली र प्रचण्ड पटक पटक वान टु टक बार्तामा बसेपनि कुनै सहमती जुटन सकिरहेको छैन । जसका कारण कार्यकर्ताहरुमा यतिबेला अन्यौल छाएको छ । नेतृत्व नै विभाजनको संघारमा पुगेपछि पार्टीलाई फुटबाट जोगाउन कार्यकर्ताहरु सडकमा उत्रन थालि सकेका छन ।

पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओलि र पुष्पकमल दाहाल बीच बुधबार सांझ २ घण्टा बार्ता भएपनि कुनै निष्कर्ष निस्कन सकेन । थप गृहकार्य गरि बिहिबार बार्ता गर्ने सहमति भने दुइ अध्यक्षबीच भएको छ। दुई घन्टा लामो सघन बार्तामा पनि ठोस सहमति जुट्न नसके पछि दुई अध्यक्ष बीच बिहिबार बार्ता गर्ने भन्दै छलफल स्थगित भएको छ ।