म्याग्दीमा पहिरोमा पुरिएका ७ जनाको शव फेला

समाचार

पर्वत २७ असार । बिहीबार राति र शुक्रबार बिहानीपख आएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शनिबार शुक्रबार र शनिबार साँझसम्म २० जनाको शव भेटिएकोमा शनिबार साँझपछि थप ७ जनाको शव फेला परेको छ।
जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिममा गएको पहिरोमा सुरक्षाकर्मीले गरेको खोजतलास तथा उद्धार क्रममा थप ७ जना मृत अवस्थामा फेला परेका हुन।
नयाँ मृत भेटिएकाहरूमा धौलागिरि गाउँपालिकाका हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौसरा जुग्जाली, बिमा जुग्जाली, विपिन जुग्जाली र दिवान जुग्जाली रहेका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •