गायिका प्रतिमा अर्यालको जन्मदिन, बर्थडे पार्टीमा दोहोरीको घम्साघम्सी नै चल्यो

मनोरञ्जन

काठमाडौ ३ श्रावण । लोक दोहोरी क्षेत्रकी चर्चित गायिकाका रुपमा परिचित सुमधुर स्वरकी धनी प्रतिमा अर्यालले नेपाली संगीतको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाएकी छन । कोकिल कण्ठ भएकी गायिका प्रतिमाले दर्जनौ गीत बजारमा ल्याइ सकेकी छन भने थुप्रै लाइभ दोहोरीमा गीत गाउने गरेकी छन । अर्यालले गाएका गीतहरुले पनि चर्चा पाएका छन । विशेषगरी लोक दोहोरी क्षेत्रबाट आफनो कला र गला प्रस्तुत गर्दै नेपाली साङगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका प्रतिमाले शुक्रबार आफनो जन्मोत्सव मनाएकी छन ।

हेटौडा कर्मथलो बनाउदै आएकी गायिका अर्यालले काठमाडौमा एक दोहोरी साँझको हलमा आफनो जन्मोत्स मनाएकी हुन । विभिन्न कलाकार तथा साथीभाइहरुको साथमा गायिका अर्यालले जन्मोत्सव मनाइन । जन्मोत्सव मनाउदै गर्दा दोहोरी घम्साघम्सी पनि परेको थियो । निकै रमाइलोका साथ अर्यालको जन्मोत्सव मनाइरहदा दोहोरोको छुट्टै माहोल बनेको थियो । लोकदोहोरी क्षेत्रमा विशेष ख्याती कमाउन सफल गायिका प्रतिमा अर्याल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मकवानपुर जिल्ला कार्य समितिको जिल्ला सदस्यमा रहेर नेपाली लोकसंगीत एवं कला संस्कृतिको संरक्षणमा निरन्तर लागि रहेकी छन । यसरी नेपालीको मौलिक पहिचान बचाइ राख्नका लागि दिनरात मेहनत गरिरहेकी गायिका अर्यालले केही दिन अघिमात्र तीज गीत ‘तीजको मेला’ बजारमा ल्याएकी छन ।