नेपाललाई दिगो विकाश गर्न कृषी क्रान्तिको आवश्यकता

विचार

-हरि बहादुर श्रेष्ठ
नेपालालाई दिगो विकाश गर्न परपुर्व काल देखी चलाीआएको कृषि क्रान्तिको आवश्यकता परेको देखिन्छ । यसको लागि नेपाली भुमीमा कृषीको योजना वनाउन आवश्यकता देखीको छ । हिजो देखी नेपाललाई एउटा कृषी प्रधान देश भनेर चिनिदै आए ता पनि अहिले यो एउटा उखानको रुपमा परिणत हुन थालेको जस्तो देखिन थालेको छ । जसमा हिजो ८० प्रतिशत भुभाग कृषीले ओगटेको ठाउमा आज आएर विदेशवाट आएत नगरी नेपाली जनातको पेट रितिइने अवस्तामा आइ सकेको देख्न सकिन्छ । यो एउटा विडम्वनाको विन्दु बनेको छ । विगतको इतिहासलाई कोट्याउदा नेपालले विदेशमा कृषी समाग्री निर्यात गरेको देख्न सकिन्छ । तर आज आएर विदेशवाट खरवै रकमको आयत भएको देखिएको छ । यसले नेपाली जनताको विकाश भन्दा पनि अविकसीतमा लागेको पाइएको छ । नेपालको पहिलो राज्य सत्ताको स्थापना र नेपालको नाममा पनि कृषि पेशा जोडिन गएको पाइएको छ । हिजो नेपालको स्थापना नेपाल शव्दको अर्थ नै कृषीवाट वन्न गएको देखिन्छ । जसमा नेपालको स्थापना लगभग १३ करोड वर्षा पहिले वनेका यहाँ पर्वतिय श्रखलाहरु र उपत्यकाहरुमा पछि आएर प्राणीमा आकर्षण विषेश रुपमा बढ्दै गएको पाइएको छ । यसमा नेपाल शव्दको अर्थ तिवती भाषाको नियोपाल वाट आएको अनुमान गर्न सकिन्छ ।

यसको अर्थ पवित्र भुमी हुन्छ । धेरै लामोसमय पहिला नेपालमा उन उत्पादन गरिथियो उन राख्नलाई वा सुकाउनलाई तिपालको घरको प्रयोग गरिन्थियो । जसको अर्थ उन र पाल जसको अर्थ हो तिरपाल भएकोले यस शव्दलाई नेपालको नाम करण हुन सक्छ । नेपालमा पहिले राज्यको शासनकाल पनि कृषि पेशाले गरेको अनुमान गर्न सकिन्छ । जहाँ नेपालको स्थापनापछि पहिले शासनकाल किरातकालले १०० वर्ष अगाडी जुन मध्य एसिया भारत र हिमालवाट आएर वस्न थालेको अभिलेखमा उल्लेख भएता पनि त्यो भन्दा पहिले पनि नेपालमा महिषपाल र गोपाल वर्षको शासन भएकोअनुमान गर्न सकिन्छ ।

जसमा गाई पालक र भैसीपालक कृर्षककले नेपालको पहिलो राज्य गरेको अनुमान गर्न सकिन्छ । यसरी हिजो कृषी पेशावाट सञ्चाल भएको राज्य आज आएर खाद्यन्न देखि अन्य कृर्षी वजार विदेशीको भर पर्ने अवस्थामा आएको छ । यसलाई रोक्न नेपालमा वा नेपाललाई दीगो विकाश गर्न कृषी पेशलाई पोसान दिन आवश्यक छ । जसमा हिजो नेपालवाट विदेशमा नियात हुने कृषी सामग्री आज विदेशवाट आयात नभए नेपाली जनताले खान नपाउने अवश्यता आएको छ । यो नेपाल सरकारको कमजोरीले गर्दा वा नेपालमा कृर्षी पेशप्रति भएको तुच्छ व्यवाहाले आज कृषी पेश धराशर्यमा परेको देख्न सकिन्छ । यसलाई निराकण गर्न कृषि क्रान्तिलाई अगाडी वडाएर मौलाएको कृषीका विकृतिलाई अन्त्य गर्न जरुरी देखिएको छ । भने कृषि पेशलाई जजारु गर्न निम्न कुरामा ध्यन दिन आवश्य देखिएको छ ।

१ जमिन व्याक्तिको स्वामित्ववाट समुहिक स्वामित्वा ल्याउनु पर्ने :

नोपलमा कृषी पेश घरराशय वन्नको मुख्य कारण एउटा भुमी पनि देखिएको छ । जहाँ नेपाली भुमी व्याक्तिको स्वामित्वमा भएपछि नेपाली एकिकृत कृषि योजना ल्याउन देखि कृषकलाई खेती गर्न गा¥हो अवस्था भएको छ । जसमा जमीवालहरुले जमीनको हकवाल तोक्ने जमीन आफ्नो स्वामित्मा भएपछि काम गर्नलाई अधियामा जमिन कमाउन दिने , वा जमीदारले आफ्नोअधिनमा हलिया कमय राख्ने यसमा काम गर्नेको हातमा सुन्य हुन आएपछि काम गर्न कृर्षक त्यो पेश छोडी अन्यत्र लाग्ने गरेको पाइएको छ । यसमा पनि जमिन व्याक्तिको नाम भएपछि जमिनमा कालो वजारी दलालीको आखा लाग्ने र उर्वर भुमीलाई प्लटीन गरी जमिन वाझोमा परिणत गर्ने , अवेवस्थित शहरी वसोवास वासाल्ने गरेको पाइएको छ ।

जमीनमा कुन ठाँउमा खेती गर्ने कुन ठाउँमा वस्ती वस्साने आदी कुनै मापदण्ड हुदैन । यसलाई निराकन गर्ने जमीनको मापदण्ड तोक्न आवश्यक छ । जमीनलाई प्लटीन गर्न रोक्न जरुरी दखिन्छ । जमीनमा व्याक्तिको स्वामित्व हटाएर समुहि समित्वमा त्याउने , हिमाल, पहाड, तराईलगाएत शहरी इलाकामा जमिनको हकवन्दी तोक्ने जमिनमा सेती गर्नलाई वा वास्तविक किसान र नक्कली किसान छुटाएर जमिनको कृषि पेशा काम गर्ने किसानको राम्रो मुल्यकन गरी जमीन दिने काम गर्न जरुरी देखिएको छ । यसमा पनि हिजो देखि किसान आन्दोलमा जसको जोत उसको पोत भन्ने नारा लागु गरी वा सम्पुण खेती योग्य जमीन सरकारी स्वामीत्वमा राखेर काम गर्ने किसानलाई जमीन सरकारी रवरमा राखेर भारामा दिने सिस्टमको विकास गर्ने आवश्यकता देखिन थालेको छ । भने भुमाफियवाट जमिन कव्जा गर्न शहरी इलाकामा घर वनाएर भारामा लगाउने , प्लटीन गरी जमीन खण्डीकरण गर्ने जस्ता प्रवृती वन्द गर्न जरुरी देखएको छ । यसरी कृषी कान्ति गर्ने जमिन व्यक्तिको स्वामित्ववाट सामुहिक वनाउन जरुरी देखिएको छ ।
२ इन्जियो आयोजियोको अनुदान वन्द गर्नु पर्ने :

नेपालका कृषी पेशालाई प्रभाकारी बनाउन सरकारी तथा ग्रह सरकारीले चलाएको अनुदान मध्यको रमम वाड्ने प्रविधी वन्द गर्नु पर्ने देखिएको छ । जहाँ नेपालमा विभिन्न राष्द्रवाट कृषकका लागि भनि स्वदेशी विदेशी प्रोजेट वा डोनर स्थापना गर्ने त्यो प्रोजेटले नत कृषकलाई फाइदा हुने नत वास्तविक किसानको हातमा रकम पुग्ने गरेको पाइएको छ । यी सस्थाले नक्कली किसान खडा गर्ने , विदेशी डलर भित्राउने कर्मचारी देखी सरकारी माथिल्लो वादामा वस्ने तत्वलाई भष्द्रचार गरी कमाउन सिकाउने देखी वीचैलीयलाई रकम वाड्ने देखि अरु कुनै काम भएको देखिएको छैन । यी सस्थावाट खरवै विदेशी रकम भित्राउने नेता कर्मचारीको महल ठडाउनेदेखि अरुकाम भएको देखिएको छैन । यी सस्थले कृषीको नाममा नेपालीलाई विदेशवाट रिन वोकाएर व्याक्ति धनी वनाउन काम मात्र भएको देखिएको छ ।

यी सस्था किसानको नाम गरी निश्चित अवधी भनी नेपालमा भित्रने त्यसको विभिन्न विदेशी रकम भित्राउने यी रकमवाट नक्कली किसान खडागरी कर्मचारी र किसानको मिलेमहत्वमा सरकारी रवरका मान्छे जस्तै मन्त्री संसद, सचिव, र कार्यालय प्रमुखका मान्छे किसान वनाउने रकम वाडेर खाने वाहेक अरु काम हुन नसकेको देखिन्छ । यसले नेपाली कृषी पेशलाई एउटा विकृतिको रुपमा खडा गरेको पाइएको छ । जसमा वास्तविक किसानले अनुदानको नाममा आफुले गर्दै आएको कृषी पेशलाई छोडी नक्कल गर्न थाल्ने वा अनुदान दिन थालेपछि पैसा नभईकन कुनै काम नगर्ने । त्यसमा पनि धेरै फलाउनको लागि कृषीमा विषदी प्रयोग गर्ने जमीनको माटो विगाने पशु पालनमा हाइड वेडको नाममा लोकल वस्तु लोप हुने । विदेशी अफिस खडा हुने कर्मचारी देखी किसान भष्द्रचारी, कालोवजारी विचौलीया जन्मने जस्ता विकृती जन्म भएको पाइएको छ ।

यसलाई रोक्न चल्दै आएका विदेशी डोनर वन्द गर्नु पर्ने देखिएको छ । उदाहरणको लागि नेपालमा स्थापना भएको प्याड भन्ने सस्थाले विदेशी रकम १० वर्षको अवधीमा खरवै वाडियो त्यसवाट उपलव्धी सुन्य देखिएको छ । त्यहा काम गर्न कर्मचारीदेखी काम गछु भन्ने वा अनुदान पाउने किसानको शहरम महल नठडाउने विरलै होलान । त्यसैतै अहिले त्यसैले यी सरकारी ग्रहसरकारीवाट खोलिएका इन्जियोले वाड्दै गरेको पैसा दिने प्रविधी वन्द गर्न जरुरी देखिएको छ ।यसमा पनि अव कृषी पशु अनुदानलाई रकम वाडेर कहिले पनि कृषीमा आत्मा निर्भर नहुने देखिएको छ । यसलाई चुस्तदुस्त वनाउन रकमले निर्माण गर्न दिइएको माध्यम नै खडा गरिदिने र सरकारी रोवरम किसानलाई दिने काम गर्न जरुरी देखिएको छ । जस्तै वाख्रा पालक किसानलाई अनुदानको साटो निश्चित ठाउँमा खोर निार्माण उन्नत जातको वाख्रा , घास खेतीको प्रवन्धन लगाएतका वस्तु सरकारले निर्माण गरिदिने त्यो किसानले प्रभावाकारी गरेको छ छैन निरिक्षण गर्ने अनिमिता गरेको भए कारवाही गर्ने जस्तो परिपाठ निम्ताउन जरुरी देखिएको छ ।

३) निश्चित एसिया तोक्ने :

नेपालमा आत्मा निर्भर वनाउन कृषीमा पकेट एरिया तोक्न जरुरी देखिएको छ । जहाँ नेपालको हावा पानी अनुसार बिभिन्न ठाउँमा विभिन्न कृषी उत्पादत हुन्छन । त्यो हावापानीलाई मध्य नजर राखेर नेपालमा निश्चित ठाउँमा निश्चित खेतीको व्यावस्था गर्न जरुरी देखिएको छ । जहाँ नेपालको हावापानी अनुसार अन्न उत्पादन क्षेत्र, पशु पालन क्षेत्र फलफुल खेती क्षेत्र, लगाएत जडीबुडी जस्ता निश्चित एरियामा निश्चित खेती योजना पारित गर्न जरुरी देखिएको छ । त्यसमा व्यपास्थापन समुहीक वा सरकारी रोवरमा राखेर गर्न जरुरी देखिएको छ । जस्तै उदाहरणको लागि नेपालको हावापानी अनुसार हिमाल, पहाड, तराई गरी छुटाईएको छ त्यो अनुसार हिमालमा के उत्पादन हुन्छ , पहाडमा के उत्पादन हुन्छ , तराईमा उत्पादन हुन्छ छनोट गर्ने र मापदण्ड तोक्ने जस्तै नेपालको तराई भुभागमा अन्नको भण्डार भनेर चिनिन्छ त्यो ठाउँमा अन्न जातका जस्तै धान मकै गहुँ जस्ता अन्न वालीको पकेट एरिया घोषण गर्ने , पहाडमा हावापानी अनुसार पशु पालन फलफुल खेती घोषणा गर्ने , हिमाली भागमा जडीबुटी पशुपालन जस्ता खेती सञ्चालन गरी पकेट एरियो घोषणा गर्न जरुरी देखिएको छ ।

४ ) शहरमुखी प्रविधी गाउँमुखी वनाउने :

नेपालमा कृषी उत्पादन वढाउन शहरमा भएका प्रविधीलाई गाउँ गाउँ गएर किसानको सेवा गर्न लगाउनु पर्ने देखिएको छ । नेपालमा कृषीका पशुका प्रविधी वा डाक्टरहरु सरकारी पैसाले स्वदेशमा वा विदेशमा गएर पशु चिकिसासम्वधी अध्यान गर्ने पढीसकेपछि शहरमा सरकारी जगिर खाएर महल ठडाएर वस्ने प्रविधीले नेपाली कृषी धराशयमा परेको देखिएको छ । यसले किसानले आफ्नो वाली वा पशुको उपचार नपाएपछि त्यो पेशावाट कुनै आयआर्जन गर्न गा¥हो हुन थालेको पाइएको छ ।

जव किसानले आफुले गरेको लगानीवाट वाच्न ग¥हो भएपछि त्यो पेशा छोडी अन्यत्र लाग्न वाध्य भएको देखिन्छ । त्यसैले कृषी प्रविधीलाई शहर कन्द्रीत होइन अव गाउँ केन्द्रित गर्न जरुरी देखिएको छ । जहाँ शहरमा वसी वसी तलव भत्ता खाने प्रविधिलाई गाउमा गएर किसानको फार्ममा गएर उपचार गराउन लगाउनु पर्ने अवस्था देखिएको छ । जसले गाउँ गएर काम गन्र्न मान्दैन त्यसलाई सेवावाट दस्कस्ता गर्ने परिपाट गर्न व्यवस्था गर्न जरुरी देखिएको छ । भने कृषी सम्वन्धी खोलिएका अफिसहरु जस्तै पशु सेवा विभाग, कृषी विभाग अन्तरगतका कार्यलयहरु गाउँमा किसानको फार्म भएको ठाउमा पठाउनु पर्छ । भने कृषीका सचिव उपसचिव लगाएतका अधिकृत प्रविधीले फाइल बोकेर मन्त्रालयको विभागको लगाएत अन्य वैठक भनी दिनका ५ वडा वैठक भ्याउने यसको वैठक भत्ता वाफतको एक वैठकमा २००० ताप्ने दिनमा ६—७ हजार पैसा कमाउने शहरमा आफ्ना श्रीमतीलाई वजार जान छोरा छोरीलाई कलेज जान सरकारी गडीमा सरर हिड्नेलाई किसानको घरमा गएर सेवा गर्न लगाउनु पर्ने देखिएको छ ।

कृषीमा राजनितिक हस्ताक्षप वन्द गर्नु पर्नेः नेपालमा आज जुन कुरामा पनि राजनितिक हस्ताक्षप गर्ने चलन छ । यसको साथसाथ आज कृषी क्षेत्रमा हुने गरेको राजनितिक हस्ताक्षप वन्द गरीनु पर्ने देखिन्छ । जसमा कर्मचारी देखी किसानसम्म राजनितिक हस्ताक्षपवाट कृषी क्षेत्र धरासय पर्न थालेको छ । जसमा जो राजनितिक तवरका मान्छे हुन्छ उसको कर्मचारीले पनि काम नगर्ने पावरमा वसीवसी खान खोज्ने , राजनितिक पावरमा खटाएको ठाउँमा नजाने शहर केन्द्रीत भई जागिर खाने किसानको घरमा नपुग्ने जस्ता काम कर्मचारीवाट हुने गरेको पाइएको छ ।

त्यसैगरी कृषी अनुदान राजनितिक तवरका मान्छेले मात्र पाउने वास्तविक किसानको मुल्यकन नहुने वास्तविक किसान भन्दा राजनितिक आडमा नक्कली किसान वनाउने आदी कारणले कृषीमा विकृति ल्याएको पाइएको छ । यसमा राजनितिक तवर वन्द गर्न जरुरी देखिएको छ । भने कृष्ी पेशलाई प्रभावकारी वनाउन कर्मचारीमा फैलिएको राजनितिक वन्द गरी पेशामा आवद्ध वनाउन जरुरीदेखिएको छ ।

५) कृषी पेसालाई समानको पेशा घोषणा:

कृषी पेशा गर्ने कृषकलाई समान वनाउन जरुरी छ । जसमा कृषी पेशामा काम गर्ने मजदुरलाई अरु कम्पनी वा सरकारी सेवा सहरा तलव भत्ता लगाएत व्यवस्था गर्न जरुरी छ । भने सेवावाट अवकास भएपछि पेन्सको व्यावस्था गर्न जरुरी गर्न आवश्य देखिन्छ । यसलाई समानको पेशा वनाउन आवश्यक छ ।

६) विचौलिया प्रथा वन्द गर्नु पर्ने :

नेपालमा वास्तविक किसानले उत्पादन गरेको वस्तु किसानको मुल्य भन्दा उपभोक्तामा पुग्दा तेव्वर मुल्यमा खान वाध्य भएको देखिन्छ । जसमा किसानले उत्पादन गरेको कृषी उपच वस्तु विचौलियाले खाने गर्दा किसान मारमा परेको देखिएको छ । यसमा विचौलीया प्रथा वन्द गरी किसानले उत्पादन कषी वस्तु उपभोक्तामा पु¥याउने काम सरकारले गर्न आवश्कता छ वा किसानले उत्पादी समान निश्चित मुल्य निधारण गरी उपभोत्तामा पु¥याउन जरुरी छ ।

७) तालिम गोस्टी मापदण्ड तोक्ने :

नेपाल सरकारले दिने तालिम गोष्टीको मापदण्ड तोक्न आवश्यक छ । सरकारी तालिम गोष्टी किसानलाई दिनु पर्छ किसानको नाममा नक्कली किसान खडा गरी तालिम गोष्टी पठाउने प्रविधि वन्द गर्न आवश्यक देखिन्छ । किसानको नाममा कर्मचारी मोटाउने प्रविधी वन्द गर्ने वस्तविक किसानलाई काम हेरेर तालिम दिने काम गर्न आवश्यक छ ।

८) कर्मचारी विदेश भ्रमण रोक्ने :

कर्मचारी विदेश भ्रमणलाई रोक्नु पर्ने आवश्यक छ । किसानको नाममा कर्मचारीले भ्रमण गरी विदेश गई डलर कमाउने प्राविधीको नाममा वा किसानको नाममा कर्मचारीले लेखा प्रसासन समेतले विदेश भ्रमण गर्ने गरेको छ । यसमा कर्मचारी राजनितिक तवरमा किसानको नाम वर्षको ३ पटक समेत भैमण गर्ने गरिएको पइएको छ । यसलाई रोक्न जरुरी देखिएको छ ।

९)वजारको व्यपस्था गर्न आवश्यता

किसानले उत्पादन गरेको वस्तुको वजारको व्यावस्था गर्न आवश्यक छ । जसमा कर्षकले उत्पादित वस्तुको वजार नपाएपछि किसाको उत्पादित वस्तु वारीमा गुहुने वा लगानी गरेको लगानी पनि नउठ्न भएपछि कृषी पेशा धरासयमा पर्न गएको छ । यसलाई निराकरण गर्न किसानको मनवल बढाउन उत्पादीत कृषी वस्तु वजारमा पु¥याउन आवस्यकता छ । ठाउँ ठाउँमा वजारको व्यवास्था गरी स्टोक समानलाई कोलस्टोर तयार गरी कृषी उपचको भण्डार गर्न जरुरी देखिन्छ । भने विदेशी वजारले स्देशी उत्पदन कृषी समानले वजार नपाएपछि स्वादेशी किसान मारमा परेको देखिन्छ । यसलाई रोक्न रोदेशमा उत्पादन वस्तुलाई प्रसान दिन र विदेशी वस्तुको निरुसायी गर्न सरकारले पहल गर्न जरुरी छ ।

१०) मल वीउ सिचाईको प्रवन्ध :

किसानलाई खेती गर्न नभई नहुने मल वीउ सिचाईको राम्रो प्रवन्धन गराउन आवश्यक देखिएको छ । जहाँ किसानलाई आपश्यक पर्न विउमा कालो वजारी हने, मलमा तस्करी हुने, एउटा वीउ भनेर अर्काे वीउ किसानलाई वाड्ने, स्वदेशी विदेशी कम्पनीवाट दिएको वीउवाट वाली नलाग्ने, समयमा वीउ मल नपाउने, सिचाइको अभावमा आकासे खेतीमा भर पर्नुपर्न जस्ता समस्यले कृषी पेशा छोडी अन्यत्र लाग्ने गरेका पाइन्छ ।यी कुरा निसुल्क व्यास्थाको प्रवन्ध मिलाउन सरकारले जरुरी देखिएको छ ।

११) क्षतिपूर्ती प्रवन्ध :

नेपाली किसानलाई प्रसान गर्ने नेपाली किसानको क्षेतिपुर्तिको व्यवास्थाको आवश्यक देखिएको छ । जहाँ किसानले लगाएको वाली प्रकृतिक प्रकोप वा उत्पादन भएन भने त्यो किसानलाई क्षेतिपुर्तिको व्यावस्था सरकारले गर्न आवश्यकता देखिन्छ । नेपाली किसना पलायन हुनको कारण यो पनि एउटा पान्न सकिन्छ वर्षाभरी काम गरेको मिहेत प्रकृति प्रकोप जस्तै असिनापानी, हावाहुरी, वाढी पहिरो जस्ताले नष्ट भएपछि उसलाई वाच्न गा¥हो अवस्था आउछ । यसवाट किसान आफ्नो पेशा छोडी अन्य पेशामा पलाएन भएको पाइन्छ । यसलाई प्रोसना दिन यी प्रकोववाट क्षेति भएका किसानलाई मुजावत दिने व्यवस्थ गर्न जरुरी छ  ।
यसरी नेपाललाई समृद्धी वनउन सकिन्छ । भने नेपाललाई आत्मा निर्भर वनाएर नेपाली जनतालाई रोजगारकिो व्यवस्था गर्न जरुरी देखिएको छ । भने नेपालको कृषी उपच वस्त’ विदेशमा नियात गर्न सनिे देखिएकोछ ।