लकडाउन खुलेसंगै सुनको भाउ बढ्यो

अर्थ अर्थतन्रा

काठमाडौं ७ श्रावण । सुन तोलामा १३ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९४ हजारमा कारोबार भइरहेको जनाएको छ। मंगलबार ९२ हजार ७ सय कारोबार भएको थियो।
तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको थियो। त्यसैगरी, चाँदी तोलामा १ हजार १ सय ३५ मा कारोबार भइरहेको छ। हिजो तोलामा १ हजार ४० भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र कोभिड( १९ को प्रभाव परेको ले पनि नेपालमा सुनको मुल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए।