गजल

साहित्य

-माया पाण्डे

सुख दु:ख उतारचढाव सहनु हो जिन्दगी
कल्पनाको संसारमा बहनु हो जिन्दगी ।

दु:खपछि सुख भन्छन, भनाइ मै सिमित
पीर व्यथा अर्का सामु कहनु हो जिन्दगी ।

नाङ्गै आको नाङ्गै जानु प्रकृतिको रीत
खुसी र सुखी हुन चाहनु हो जिन्दगी ।

नयाँ नौलो के नै छ र अनुभवको खानी
बाँचुन्जेल बन्धनमा रहनु हो जिन्दगी ।