के भइरहेको छ पवित्रा माथिको एसिड काण्ड ? नेविसंघ ओखलढुंगाले जुटायो जिल्ला, केन्द्रका नेतादेखि कानुन व्यवसायीसम्म

मुख्य खबर समाचार

काठमाडौ ११ श्रावण । काठमाडौको सितापाइलामा एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राजनीतिज्ञ, कानुन व्यवसायीको एक टोली आज किर्तिपुर अस्पताल पुगी  जानकारी लिइएको छ ।
नेपाल विद्यार्थी संघ ओखलढुंगाको समन्वयमा जिल्लाका राजनीतिक दलका नेता तथा तथा कानुन व्यवसायीको टोली किर्तिपुरस्थित अस्पताल पुगेको हो । टोलीमा नेपाली काग्रेस ओखलढुंगाका नेता बालकृष्ण दाहाल, गोमा केसी, कमल तामाङ, रुद्रप्रसाद अधिकारी टेकराज भट्टराई, नेविसंघ महामन्त्री उर्मिला थपलिया, नेपाल विद्यार्थी संघ ओखलढुंगाका सभापति गोविन्द कोइराला, त्यसैगरी अर्जुन दाहाल, नविन खड्का तथा अधिवक्ता झल विश्वकर्मा लगायत उपस्थित थिए ।
स्वास्थ्य अवस्था बुझन अस्पताल पुगेकी अधिवक्ता झल विश्वकर्माले पवित्राको न्यायको लागी आफु अघि बढने बताइन । अधिवक्ता झलले अखबारसंगको कुराकानीमा पवित्राको न्याय तथा अभियुक्तलाई कडाभन्दा कडा सजायको लागी निशुल्क रुपमा मुद्धा अगाडी बढाउने बताएकी छन । उनले अभियुक्तलाई कडाभन्दा कडा सजायको माग गर्दै सोमबार नै मुद्धा दर्ता गर्ने बताएकी छन ।
त्यसैगरी ओखलढुंगाका नेता बालकृष्ण दाहालले एसिड प्रहार जघन्य अपराध भएको भन्दै अपराध गर्ने अपराधीलाई कुनै पनि हालतमा उम्कन नदिन तथा हदै सम्मको सजाय दिन माग समेत गरेका छन । त्यसैगरी नेतृ गोमा केसीले महिलामाथि हुने जघन्य अपराधको अन्त्य हुनुपर्ने, पवित्रा माथि भएको घटनाको निन्दा गर्दै अभियुक्तलाई कडा सजाय तोकिनु पर्ने बताइन ।
साथै नेविसंघकी महामन्त्री उर्मिला थपलियाले एउटी विद्यार्थी महिलामाथि भएको घटनाप्रति आफु न्यायका लागी लडिरहने उदघोष गरेकी छन । त्यसैगरी नेपाल विद्यार्थी संघ ओखलढुंगाका सभापति गोविन्द कोइराले जस्तो सुकै अवस्थामा पनि पवित्राको स्वास्थ्य उपचार खर्च, क्षतिपूर्ती अभियुक्तले तिर्नु पर्ने तथा अभियुक्तलाई कडा भन्दा कडा सजाय नतोकिए नेविसंघ ओखलढुंगा संघर्षमा उत्रने बताएका छन ।