माइत जान पाइन

साहित्य

               गीत

-माया पाण्डे

घुमीफिरि वर्ष दिनमा तिज आयो बरिलै
कोरोनाले माइत जान पाइन बरिलै ।

पाँच महिना भैसक्यो घरबाहिर नगाको
मनमा भाको हर्ष खुसी गयो बरिलै ।

कोरोनाले गर्दा खेरी बेरोजगारी भएको
खान लाउन खर्च पनि छैन बरिलै ।

भएको खर्च जति लकडाउनमै सकियो
कसो गरि छाक टारौँ भाछ बरिलै ।

हामी मात्र कहाँ होर सबैलाई नै दु:ख छ
त्यै दु:खले भित्री मन छुन्छ बरिलै ।

आमा भाउजू दाजुभाइले दुखी मन नगर्नु
यो वर्ष म माइत आइन बरिलै ।

हे ! भगवान् ! कोरोनालाई छिटोछिटो भगाइदेऊ
अनि जीवन सामान्य हुन्छ बरिलै ।