ओली र प्रचण्डबीचको बार्ता नमिल्दा नेकपाको स्थायी कमिटीको बैठक अन्यौलमा

राजनीति

काठमाडौँ १३ श्रावण । पटक-पटक स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी आजको बैठक पनि स्थगित भएको छ । बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि स्थगित गर्दा बैठक आजका लागि सारिएको थियो । तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति नबनेकाले आज बस्ने भनिएको बैठक पनि सुचना टासेर स्थगित गरिएको छ ।

ओलीसँग सहमति नभएपनि बैठक अघि बढाउने र बहुमत सदस्यको निर्णयका आधारमा अघि बढ्ने प्रचण्ड(माधव समूहले तयारी गरेको भएपनि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ । एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड -माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।

असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् । ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो ।

यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड९माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड९माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए । त्यसयता स्थायी कमिटी बैठक नै भाँडिएको थियो ।

ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । बैठक नै अघि बढ्न नसकेपछि ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसे । तर, विवादको निकास भएन । बरू यहीबीचमा बसेको सचिवालय बैठकमा अग्रिम महाधिवेशनको विषयले प्रवेश पाएपछि नेकपा विवाद मत्थर हुने ठानिएको थियो ।

तर, त्यसमा ओली९प्रचण्डबीच भएको भनिएको सहमति २४ घण्टा नबित्दै उल्टिएपछि नेकपाको विवाद स्थायी कमिटी बैठक सुरू हुनु पूर्वकै अवस्थामा पुगेको छ ।