‘म’ भीरमा फुल्ने फूल -कविता

साहित्य

-सविना खड्का

‘म’ भीरमा फुल्ने फूल भीरमै फुलिरन्छु
झरेपछि डढेलो लागी जली जली जान्छु

ओठमा मीठो मुस्कान छाडेर जान्छु
समीको शीतल छहारी झै शीतल छाडी जान्छु

गृष्मको कोइली झै हजुर कै गित गाउँछु मेरी ‘आमा’
हर नदि खोला ध्वनि बनी बग्छु मेरी ‘आमा’