एसिड प्रहारबाट घाइते पवित्राको स्वास्थ्य अवस्था बुझन काग्रेस नेता लुइटेल पुगे अस्पतालमा

समाचार

काठमाडौ १३ श्रावण । नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा महासमिति सदस्य कुमार लुइटेल अस्पताल पुगेर एसिड प्रहारबाट घाइते पवित्रा कार्कीको स्वास्थ्या बुझेका छन । नेपाल विद्यार्थी संघ ओखलढुंगाका सभापति गोविन्द कोइरालाको समन्वयमा महासमिति सदस्य लुइटेल किर्तीपुर अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिदै घाइते कार्कीको स्वास्थ्य लाभको कामना गरेका छन ।

अस्पताल पुगेका लुइटेलले पवित्रालाई आक्रमण गर्ने अभियुक्तलाई कानुनी कारबाहीको दायरामा आउने र त्यसको लागी आफुहरु सक्दो लागी पर्ने बताए । साथै उपचारमा कुनै पनि कमि हुन नदिन हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । नेता लुइटेलको साथमा नेविसंघ सभापति गोविन्द कोइराला तथा नविन खडका उपस्थित थिए । नेविसंघ ओखलढुंगाले पवित्रामाथि भएको एसिड आक्रमणलाई निरन्तर फलो गर्दै आएको छ भने एसिड प्रहार गर्ने अभियुक्तलाई हदै सम्मको कारबाहीको माग गर्दै आएको छ ।