कोइरालाले दिए नेविसंघ अध्यक्ष ढुंगानालाई धन्यवाद !

समाचार

काठमाडौं १५ श्रावण । एसिड आक्रमणमा परेर घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीको उच्च शिक्षाको जिम्मा नेविसंघले लिएको छ । कार्कीको स्वास्थ्य अवस्था बुझ्न किर्तिपुर स्थित अस्पताल पुगेका नेविसंघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले एसिड प्रहारबाट घाइते भएकी कार्कीको उच्च शिक्षाका लागि नेविसंघले जिम्मा लिने बताएका हुन ।

नेविसंघ ओखलढुंगाको समन्वयमा कार्कीको स्वास्थ्य अवस्थाबारे बुझ्न किर्तिपुर अस्पताल पुगेका ढुंगाले कार्कीमाथि भएको एसिड प्रहार मानवता विरोधी अपराध भएको र यस्ता घटनाका दोषीहरूलाई चाडो भन्दा चाडो कारबाहीमा ल्याउनु पर्ने बताउदै उनको न्यायका लागि समेत आवाज उठाउने प्रतिबद्धता गरेको छन ।

कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि बिहिबार अध्यक्ष ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री बलदेव तिमिस्लिना, उपाध्यक्ष तुलसा पन्त, नेपाल कांग्रेस ओखलढुंगाका पार्टी सभापति प्रदीप सुनुवार उपसभापति तेजेन्द्र खनाल, महासमिति सदस्य मित्रसेन दाहाल नेविसंघ जिल्ला सभापति गोविन्द कोइराला लगायतको टोली अस्पताल पुगेको थियो ।

पछिल्लो समय नेपालमा एसिड आक्रमणाका घटनाहरू बढ्दै जाँदा पनि सरकारले यसतर्फ ध्यान नदिएको आरोप लगाउदै यस विषयमा नेविसंघले अपराधिक क्रियाकलाप गर्नेहरूका लागि छुट्टै कानुनको माग समेत गरेको छ ।

१२ कक्षाा पास गरेकी कार्कीको उच्च शिक्षाको जिम्मा नेविसंघ केन्द्रिय समितिले लिएसंगै नेविसंघ ओखलढुंगाका सभापति गोविन्द कोइराले केन्द्रीय समितिलाई धन्यवाद दिएका छन । अखबार अनलाइनसंग कुराकानी गर्दै सभापति कोइरालाले कार्कीको स्वास्थ्य उपचार तथा अभियुक्तलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने माग राख्दै आएको र केन्द्रीय समितिले उच्च शिक्षाको जिम्मा लिनु कार्कीलाई नेविसंघले न्याय गरिएको भन्दै केन्द्रीय समितिप्रति आभारी रहेको बताएका छन् ।