ओखलढुंगाको चम्पादेवीमा नेकपामा प्रवेश गरेको पाँच दिन नवित्दै फेरी फर्किए कांग्रेसमा , फुलमाला लगाइ गरियो स्वागत

Highlight राजनीति

ओखलढुंगा १६ श्रावण । ओखलढुंगाको चम्पादेवी गाउपालिकामा केही दिन अगाडी नेकपामा पार्टी प्रवेश गरेका पुन कांग्रेस पार्टीमा नै फिर्ता आएका छन् । हाम्रो रगतको नशा नशामा काङ्ग्रेस, घर परिवार काङ्ग्रेस, हामी बस्ने माटो काङ्ग्रेस अनि हामि किन कम्युनिस्ट, हामी पनि काङ्ग्रेस भन्दै सोनाम गुरुङ र रविन गुरुङ पुन कांग्रेसमा नै आएका हुन ।
केही दिन अगाडी चम्पादेवी गाउपालिका वडा ८ को एउटा समूह नै नेकपामा प्रवेश गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएका थिए ।

क्लव उदघाटन कार्यक्रममा फुलमाला लगाई पार्टी प्रवेश गराएको काग्रेसले आरोप लगाएको थियो । त्यसको ५ दिन नवित्दै आफुहरुलाई भ्रममा पारी विभिन्न आश्वसन देखाइ पार्टी परिवर्तन गराएको भन्दै शुक्रबार केही ब्यक्तिहरु पुन काग्रेसमा प्रवेश गरेका छन । उनीहरुलाई चम्पादेवी गाउँपालिका नेपाली काङ्ग्रेस संयोजक अजय लुइँटेल, जिल्ला सदस्य ओम बहादुर खत्री , पार्टी सभापति नरेन्द्र घिमिरे, तरुण दल सह संयोजक हरि बराल, नेविसंघ जिल्ला सहसचिव निराजन घिमिरे र काङ्ग्रेस प्रेमिले आफ्नै पार्टीमा फुल माला र दोसल्ला ओडाई स्वागत गरेका थिए।

काग्रेसमा प्रवेश गर्दै नेकपा चम्पादेवीले भ्रम फैलाई क्लब खोलिदिन्छु, जागिर दिन्छु भन्दै नेकपामा परिवर्तन गर्नु पर्छ भनी जवरजस्ति रुपमा आफुलाई परिवर्तन गराएको भन्दै आफुहरु गलत र भ्रममा परि पाटी परिवर्तन गरेको सोनाम गुरुङले बताए । आफुहरुले नबुझेर पार्टी परिवर्तन गरेको भन्दै फेरि यस्तो किसिमको गल्ती नगर्ने गरि आफ्नै काङ्ग्रेस पार्टीमा फर्की आएको कुरा गुरुङ बताउछन ।