शनिबार ३१५ जनामा कोरोना संक्रमणको पुष्टि

मुख्य खबर

काठमाडौं १७ श्रावण । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घन्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

नेपालमा कति छन् सक्रिय संक्रमित ?

प्रदेश नं १ मा २ सय २५ जना, प्रदेश नं २ मा २ हजार ६६ जना, बाग्मती प्रदेशमा ५ सय ७५ जना, गण्डकी प्रदेशमा ३ सय १३ जना, प्रदेश नं ५ मा ३ सय ३ सय ८७ जना, कर्णाली प्रदेशमा २ सय ९७ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना, २४ घण्टामा थप ९३ जना डिस्चार्ज ।

पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ४९२ पुगेको छ ।

हालसम्म कुल संक्रमित मध्ये ७२।१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ । त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने डा। गौतमले जानकारी दिए ।

थप समाचार

नेपालमा ६ जिल्ला कोरोना संक्रमण मुक्त

वीरगञ्जमा कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

शनिबार थपिए ३१५ जनामा कोरोना संक्रमणको पुष्टि