वीरगञ्जमा कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

Highlight मुख्य खबर

काठमाडौं १७ श्रावण । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज(१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।

“हिजो बिहान १० बजेर १२ मिनेट जाँदा बयोधा अस्पतालमा उपचारको क्रममा वीरगंजकी एक महिलाको मृत्यु भएको हो,” डा सिंहले भने, “उहाँको मृत्युपछि कोरोना पुष्टि भयो । हिजो राति नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।”

बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनी सुगर, निमोनियाबाट पीडित रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

थप समाचार

कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

शनिबार थपिए ३१५ जनामा कोरोना संक्रमणको पुष्टि