कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

मुख्य खबर

काठमाडौँ १७ श्रावण ।

धनुषामा कोरोना जितेर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन् । कोरोना जितेर फर्केका मिथिला विहारी नगरपालिका २ का ३५ वर्षीय विशेश्वर यादवले समाज र परिवारको घृणा सहन नसकेर आत्महत्या गरेका हुन ।

यादव शुक्रबार घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन । ९ दिन अगाडि उनी नगराइन नगरपालिकास्थित गंगुली आइसोलेसनबाट घर फर्केका थिए । तर, घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि आत्महत्या गर्न बाध्य बनेको स्थानीय एक युवकले बताए ।

थप समाचार

नेपालमा ६ जिल्ला कोरोना संक्रमण मुक्त

वीरगञ्जमा कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

शनिबार थपिए ३१५ जनामा कोरोना संक्रमणको पुष्टि