काठमाडौ उपत्यकामा ११९ सहित देशभर थपिए ५९४ जना कोरोनाका संक्रमित

मुख्य खबर

काठमाडौं ३० श्रावण । काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका थिए । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •