ला लिगामा भ्यालेन्सियासँग बार्सिलोना बराबरीमा सिमित

खेलकुद

एजेन्सी ५ पुस । ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २(२ को बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको छ ।

भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पाएको पेनाल्टीमा मेस्सी चुके । तर, पेनाल्टी रोकिएर रिबाउन्डमा आएको गोललाई जोर्डी अल्बाले क्रस गरे । सोही बललाई मेस्सीले हेडरमार्फत गोलमा परिणत गरे ।

५३औँ मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ६९औँ मिनेटमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२औँ स्थानमा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •